दफा
कार्यकारी समितिको गठन

(१) बोर्डको कार्य सञ्चालनको निमित्त देहाय बमोजिमको एउटा कार्यकारी समिति हुनेछः–

(क) कृषि तथा पशुपंक्षी विकास मन्त्री वा राज्यमन्त्री -अध्यक्ष

(ख) नेपाल सरकारबाट मनोनीत व्यक्ति – उपाध्यक्ष
(ग) निजी चिया तथा कफी उत्पादकहरुबाट एक/एक जना – प्रतिनिधि सदस्य
(घ) साना चिया तथा कफी किसानबाट एक/एक जना प्रतिनिधि – सदस्य
(ङ) नेपाल चिया उत्पादक संघबाट एक जना प्रतिनिधि – सदस्य

(च) सहसचिव, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय -सदस्य

(छ) सहसचिव, अर्थ मन्त्रालय – सदस्य
(ज) सहसचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय            -सदस्य
(झ) कार्यकारी निर्देशक, राष्ट्रिय कृषि अनुसन्धान परिषद् – सदस्य
(ञ) महाप्रबन्धक, कृषि विकास बैंक – सदस्य
(ट) महाप्रबन्धक, नेपाल चिया विकास निगम लिमिटेड – सदस्य
(ठ) महाप्रबन्धक, व्यापार प्रवद्र्धन केन्द्र – सदस्य
(ड) कार्यकारी निर्देशक, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड – सदस्य–सचिव
(२) उपदफा (१) बमोजिमको समितिको गठन भएपछि समितिले चिया तथा कफी उद्योगमा कार्यरत मजदुरहरु मध्येबाट एक एक जना व्यक्तिलाई दुई वर्षको लागि समितिको सदस्यमा मनोनीत गर्नेछ ।
(३) उपदफा (१) बमोजिमको समितिमा मनोनीत सदस्यको पदावधि दुई वर्षको हुनेछ र निज पुन मनोनीत हुन सक्नेछ ।